तिमीलाई...

 तिम्रा जिम्बेवारीका भारले तिमीलाई थिचि रहँदा

मैले तिमीलाई मेरो काँथ दिनुपर्थ्यो

तिम्रा दिग्दारीका भावले तिमीलाई पिल्सीरहदाँ

मैले तिमीलाई जिउने आँट दिनुपर्थ्यो ।

    तर

मैले मेरो भारी बिसाउने बिसौनी बनाएर

मनका पिडा मिसाउने विसौनी बनाएर

तिमीलाई थप भारले थिचि पो दिएँ की ?

 

मेरा आफ्ना दिग्दारी तिमीलाई पोखेर

आफ्ना मनमा संघर्षका ब्यथामा ..................

तिम्रा मनका भावनालाई अझै थिचि पो दिए की ।              


                                 ✍️नरेन्द्र प्रसाद पोख्रेल

                                       मधुवन १ बर्दिया।                     

Popular posts from this blog

यारा सा बच्चा है वो

An angel called Arian