Skip to main content

Posts

तिम्रो यादमा.....

तिमिलाई आफ्नै आँखा अघि देख्न मन लाग्छ। खाली तिम्रै बारे मात्रै सधै सधै लेख्न मन लाग्छ। तिमी वास्तै नगरे जस्तो अनुभूति दिलाईरहन्छेउ, सबै पिडा खुसी जति तिम्रै सामु पोख्न मन लाग्छ। 

उस्का यादमा.......

सानो कुरामा पनि खुसी हुने बनाएकी थिई। सपनिमै भएनी बुलन्दिको छुने बनाएकि थिई। जिन्दगी देखि आजादी खोजिरहेको मलाई, हास्न सिकाएर अन्तमा रुने बनाएकी थिई।

उस्को यादमा..........

जिन्दगीको ओत लाग्ने, छाता थियो कसैसंग। छातीभित्र चोट लाग्ने, नाता थियो कसैसंग। विश्वासको छाताभित्रै, अश्रुधाराले रुझाउंदा, जुनीभरि खोट लाग्ने, खाता थियो कसैसंग।                                         2016 Aug 27

प्रकृतिले पालमुनी पुर्याएको सालको दशै😕😴

गाउँ घरमा सुनसान केहि थाहा छैन। वारि पारि हर्ष उल्लास आहा छैन।। बिपत्तिले गर्दा सबै निराश छन गाउमा, दशै हो भन्ने जस्तो केहि भाहा छैन।।                                      2015 Oct 20

तिम्रो यादमा...........

आगो झै मुटु, बल्छ तिम्रै यादले होला । बिस्तारैधडकन चल्छ तिम्रै यादले होला । तिम्रो नजरमा राम्रो ठान या नठान मलाई, तर छाती बेसरि जल्छ तिम्रै यादले होला।                                         2015 Oct 31

उस्का यादमा..........

ज्यान एकातिर मन एकातिर। तिमी एकातिर मेरो जीवन एकातीर। समयले के यस्तो बनाइदियो, मुटु एकातिर धड्कन एकातिर।                                   2016 Jul 16

उस्को यादमा........

तिमिले मलाई एक्लै छोडेको दिन।। मलाई छोडी अन्तै दिल मोडेको दिन।। सम्झ म रहिन यो सन्सारमा सदाको लागि, बिस्वास अनि भरोसा तिमिले तोडेको दिन।। 2016 Aug 16